Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अब मनपरी पेट्रोलपम्प बन्द गरे १० लाख जरिवाना र इन्धन आपूर्ति रोक्का

अब मनपरी पेट्रोलपम्प बन्द गरे १० लाख जरिवाना र इन्धन आपूर्ति रोक्का
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिनै पेट्रोलपम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने तथा १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोलपम्पले नोजल ‘ड्राई’ राखी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नपाउने व्यवस्था थप गरेको हो।

संशोधित व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक उल्लंघन गरे छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमका डिपोबाट इन्धन नउठाउँदा बुधबार देशभर इन्धन आपूर्तिमा समस्या देखिएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीलाई कारबाही गर्न कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनलगत्तै बुधबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले विनियमावली संशोधन गर्दै नयाँ दण्डात्मक व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

निगमका अनुसार अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गरेको पाइएमा संशोधित विनियमावलीअनुसार कारबाही गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit