Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

एक सातापछि शेयर बजारमा ४४ अकंकाे हरियाली

एक सातापछि शेयर बजारमा ४४ अकंकाे हरियाली
विज्ञापन
Advertisement

 काठमाडाैं । लगातार घटेर प्यानिक बनेको शेयर बजारमा लगानीकर्ताले एक सातापछि बल्ल हरियाली देख्न पाएका छन् । साताको बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर दुई हजार ६५२.९३ विन्दुमा आइपुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

लगातार एक सातादेखि बजार निरन्तर घटिरहेको थियो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यो दिन ९५ लाख ३९ हजारको कित्ता शेयर किनबेचहुँदा ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा लक्ष्मी सनराईज बैंक, रिलायन्स स्पेनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंकको १४ करोड १२ लाख रुपैयाँदेखि २८ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।

यो दिन स्नो रिभर लिमिटेड,सिवाईसी लघुवित्त वित्तीय संस्था, भुजुङ हाइड्रोपावर, कुथेली बुखरी स्मेल हाइड्रोपावर र मिडसोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९.३७प्रतिशतदेख १४.९९ प्रतिशतसम्मले बढेको छ ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक,एनआईएमबी ऋणपत्र, धौलागिरी लघुवित्त वित्तीय संस्था, अपर स्याङ्गे हाइड्रोपावर, महालक्ष्मी बैंकको ऋणपत्रको २.९६ प्रतिशतदेखि ५.२१ प्रतिशतसम्मले घटेको छ ।

बुधबार कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् ।सर्वाधिक बढ्ने जलविद्युत समूहको २.४२ प्रतिशतदेखि १.११ प्रतिशतसम्मले बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit