Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नेपालको निर्णायक घडीमा काठमाडौं आइपुगे एडीबी अध्यक्ष कान्डा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग उच्चस्तरीय भेट गर्दै

नेपालको निर्णायक घडीमा काठमाडौं आइपुगे एडीबी अध्यक्ष कान्डा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग उच्चस्तरीय भेट गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्दै विकास साझेदारी, पूर्वाधार लगानी र आगामी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। मंगलबारसम्म नेपालमा रहने उनको भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग विशेष भेटवार्ता तय भएको बताइएको छ।

प्रधानमन्त्री बनेपछि शाहले कुनै पनि विदेशी उच्च अधिकारीसँग गर्ने यो पहिलो औपचारिक भेट हुनेछ। प्रधानमन्त्री शाहले यसअघि काठमाडौंस्थित विदेशी राजदूत तथा नेपाल भ्रमणमा आएका उच्च अधिकारीसँग एक्लाएक्लै भेट नगर्ने नीति अपनाउँदै आएका थिए। त्यसैले एडीबी अध्यक्ष कान्डासँगको भेटलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

अध्यक्ष कान्डाले आजै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी नेपालमा सञ्चालन भइरहेका एडीबीका परियोजना, आगामी लगानी तथा विकास सहकार्यबारे छलफल गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। उनले नेपालमा एडीबीको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाको स्थलगत अवलोकनसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ।

भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी दुई वटा सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी पनि गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अध्यक्ष कान्डाको भ्रमण टोलीमा एडीबीका दक्षिण एसिया विभागकी महानिर्देशक तथा नेपाली नागरिक सोना श्रेष्ठ लगायत अधिकारीहरू पनि सहभागी छन्।

यसैबीच, अध्यक्ष कान्डाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेपालप्रति एडीबीको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उनले नेपाल अहिले महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै देशले पटक–पटकका संकट र परिवर्तनका बीच असाधारण धैर्यता र लचकता प्रदर्शन गरेको बताएका छन्। उनले एडीबी नेपालका लागि ३.९ अर्ब अमेरिकी डलर बराबरको सक्रिय परियोजना पोर्टफोलियोसहितको सबैभन्दा ठूलो विकास साझेदार रहेको उल्लेख गर्दै उक्त सहयोगलाई दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना र दीर्घकालीन समृद्धिको आधार निर्माणमा केन्द्रित गरिने बताएका छन्।

अध्यक्ष कान्डाले नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गरिरहेका बेला विगत छ दशकदेखिको साझेदारीलाई अझ सुदृढ बनाउँदै नेपालको विकास यात्रामा एडीबीले कसरी थप प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने विषयमा नेपाल सरकारसँग सुन्न, सिक्न र विस्तृत छलफल गर्न आफू उत्साहित रहेको समेत बताएका छन्।

‘नेपालका लागि अत्यन्तै महत्वपूर्ण समयमा काठमाडौं आइपुगेको छु,’उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दीर्घकालीन आर्थिक वृद्धिका आधारहरू निर्माण गर्न नेपाललाई हामी सहयोग गर्नेछौं।
नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गरिरहेको यस समयमा, विगत छ दशकदेखि रहँदै आएको हाम्रो साझेदारीलाई थप सुदृढ बनाउँदै, नेपालको विकासको आगामी यात्रामा एडीबीले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सुन्न, सिक्न र छलफल गर्न म उत्सुक छु।’

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच हुने भेटलाई नेपाल–एडीबी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा समेत हेरिएको छ । एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram

समय समीक्षा

editor

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit