Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

वर्षौँको प्रतीक्षा पछि धनुषाका ३२८ परिवारले पाए लालपुर्जा

वर्षौँको प्रतीक्षा पछि धनुषाका ३२८ परिवारले पाए लालपुर्जा
विज्ञापन
Advertisement

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले वर्षौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले आइतबार लालपुर्जा वितरण गरेपछि लाभग्राहीहरूमा उत्साह छाएको छ।

विज्ञापन
Advertisement
Advertisement

लालपुर्जा पाएसँगै अब बैंकबाट ऋण लिन, जग्गाको स्वामित्व हस्तान्तरण गर्न तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सहज हुने लाभग्राहीहरूको विश्वास छ। स्थानीयवासीका अनुसार कानुनी स्वामित्वको प्रमाण नहुँदा बैंकिङ कारोबार, सरकारी सेवा र अन्य प्रशासनिक काममा लामो समयदेखि समस्या हुँदै आएको थियो।

नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार उक्त जग्गाको नापजाँच विसं २०७० मै सम्पन्न भए पनि प्राविधिक र प्रशासनिक कारणले लालपुर्जा वितरण प्रक्रिया लामो समय रोकिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको उनले जानकारी दिए।

गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त हुनु ठूलो उपलब्धि भएको बताए। उनका अनुसार लालपुर्जा पाएपछि परिवारको भविष्य योजना बनाउन र वित्तीय सेवा उपयोग गर्न सहज हुनेछ।

नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व दिलाउनु राज्यको दायित्व भएको उल्लेख गर्दै लालपुर्जा पाउन बाँकी रहेका परिवारलाई पनि प्रक्रिया पूरा गरी छिट्टै वितरण गरिने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit