Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित
विज्ञापन
Advertisement

काठमाडौं राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक–२०८३ बहुमतले पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले विधेयक पारित भएको घोषणा गरेका हुन्।

यसअघि विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्य सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा खर्च कटौतीका प्रस्ताव दर्ता गरेका थिए। राष्ट्रियसभाले ती खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गर्दै अन्ततः विनियोजन विधेयक–२०८३ पारित गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit