Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो आधार बन्दै, जीडीपीमा २.६५ प्रतिशत योगदान

आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो आधार बन्दै, जीडीपीमा २.६५ प्रतिशत योगदान
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै गएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो। त्यसमध्ये आन्तरिक पर्यटनबाट १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि भएको उल्लेख गरिएको छ।

सर्वेक्षणअनुसार समीक्षा अवधिमा आन्तरिक पर्यटनमार्फत ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ बराबरको पर्यटकीय उपभोग भएको छ। यसबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ।

उत्पादन प्रक्रियामा प्रयोग भएका वस्तु तथा सेवाको लागत अर्थात् मध्यवर्ती उपभोग १ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ। उक्त लागत कटाएपछि आन्तरिक पर्यटनबाट सिर्जित कुल मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ४ खर्ब रुपैयाँभन्दा बढीको पर्यटकीय उपभोग र जीडीपीमा २.६५ प्रतिशत योगदानले आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको संकेत गरेको छ। पछिल्ला वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गन्तव्यप्रति बढ्दो आकर्षण र पर्यटनसम्बन्धी सेवाको विस्तारले आन्तरिक पर्यटनको आर्थिक योगदान निरन्तर बढिरहेको सर्वेक्षणले देखाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit