Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा

इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा
विज्ञापन
Advertisement

काठमाडाैं । अतिरिक्त समयमा दुई गोल गर्दै इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मियामीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

विश्वकप इतिहासमै पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले खेलको सुरुआतमै अग्रता लिएको थियो। आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।

दोस्रो हाफमा इङ्ल्यान्ड प्रशिक्षक थोमस टुकेलले नोनी माडुके र डेक्लन राइसको स्थानमा बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे। राइस यसअघि बिरामी परेका कारण पूर्ण लयमा थिएनन्।

दोस्रो हाफमा नर्वेले पुनः अग्रता लिने अवसर बनायो। टोरब्योर्न हेग्गेमले कर्नरबाट आएको बल जाली चुमाए पनि एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको भन्दै भीएआरको सहायताले गोल रद्द गरियो।

त्यसको केहीबेरपछि क्रिस्टोफर आजेरको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किँदा नर्वे विजयी गोल गर्नबाट निकै नजिक पुगेको थियो।

निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा नर्वेका गोलकिपर ओर्यान न्युलान्डले मोर्गन रोजर्सको टाढाबाट आएको प्रहार समात्न नसक्दा रिबाउन्डमा बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।

त्यसपछि इंग्ल्यान्डले पेनाल्टी पनि पाएको थियो। तर भीएआरले जेड स्पेन्सले नै सम्पर्क सुरु गरेको निष्कर्ष निकाल्दै पेनाल्टी निर्णय उल्ट्यायो।

खेलको अन्त्यतिर नर्वेका खेलाडी पूर्ण रूपमा थाकेका देखिए। बेन्चमा बसेका एर्लिङ हालान्ड पनि निराश मुद्रामा देखिएका थिए र नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit