Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

उद्योग मन्त्रीसँग अष्ट्रेलियन राजदूतको भेट

उद्योग मन्त्रीसँग अष्ट्रेलियन राजदूतको भेट
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ।

भेटका क्रममा राजदूत अन्स्र्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो। उहाँले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे । सो अवसरमा दुई देशबीच भइरहेको आयात–निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा संवाद भएको थियो।

यसैगरी, अष्ट्रेलियामा रहेका नेपाली समुदाय (डायस्पोरा) को माध्यमबाट दुई देशबीचको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन गर्न सकिने सम्भावनाका विषयमा पनि सकारात्मक छलफल भएको छ। भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले पु¥याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit