Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

चितवनकाे पुँजीगत खर्च ५८ प्रतिशतमा सीमित

चितवनकाे पुँजीगत खर्च ५८ प्रतिशतमा सीमित
विज्ञापन
Advertisement

चितवन। चालु आर्थिक वर्षमा चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत मात्रै खर्च भएको छ। जिल्लाका लागि विनियोजित १० अर्ब २१ करोड ८५ लाख रुपैयाँमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खर्च भएको हो।

विज्ञापन
Advertisement
Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भीमार्जुन ज्ञवालीका अनुसार पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्नुमा ठेक्का प्रक्रिया र निर्माण कार्यमा भएको ढिलाइ मुख्य कारण हो। उनका अनुसार ठेक्का लिने निर्माण व्यवसायीले न्यून रकममा ठेक्का सकार्नु र निर्धारित समयमै काम सम्पन्न नगर्नुले बजेट कार्यान्वयन प्रभावित बनेको हो।

यता चालुतर्फ भने खर्चको अवस्था सन्तोषजनक देखिएको छ। चालु शीर्षकमा विनियोजित १४ अर्ब १८ करोड ४८ लाख रुपैयाँमध्ये १३ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको झण्डै ९५ प्रतिशत हो।

स्थानीय तहमा हस्तान्तरण गरिने अनुदान रकम चालु बजेटअन्तर्गत समावेश हुने भएकाले चालु खर्चको अनुपात उच्च देखिएको कार्यालयले जनाएको छ। पुँजीगत खर्च भने निर्माण आयोजना समयमै सम्पन्न नहुँदा अपेक्षाकृत न्यून रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit