Advertisement
Advertisement
Corporate Samachar
११ श्रावण २०८३, सोमबार
Advertisement
Advertisement

बजारमा खाना पकाउने ग्यासको अभाव छैन : उद्योगमन्त्री यादव

बजारमा खाना पकाउने ग्यासको अभाव छैन : उद्योगमन्त्री यादव
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा ग्यास अभावको गुनासो बढेपछि मन्त्री यादवले बजारको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले निरन्तर निगरानी गरिरहेको बताइन्। उनले ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेकाले आवश्यकताभन्दा बढी खरिद वा सञ्चय नगर्न सर्वसाधारणलाई आग्रह गरिन्।

मन्त्रालयले हाल देखिएको वितरण समस्यालाई सहज बनाउन तत्कालका लागि आवश्यक परिमाणमा मात्रै ग्यास खरिद गरी सहयोग गर्न उपभोक्तासँग अनुरोध गरेको छ। कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सञ्चय (होडिङ) नगर्न पनि मन्त्रालयले सबैलाई सचेत गराएको छ।

मन्त्री यादवले बजारमा देखिएको समस्या तत्काल समाधान गरी ग्यास आपूर्तिलाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन दिएकी छन्। निगमले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit