Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तनहुँका दश स्थानीय तहको कुल बजेट ७.७८ अर्ब रुपैयाँ, कुनको कति ?

तनहुँका दश स्थानीय तहको कुल बजेट ७.७८ अर्ब रुपैयाँ, कुनको कति ?
विज्ञापन
Advertisement

तनहुँ। तनहुँका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब ७८ करोड २६ लाख रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् । म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार ८ गते नै बजेट ल्याइसकेका थिए।

जिल्लाका सबै स्थानीय तहले कुल सात अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चार नगरपालिकाले चार अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ रुपैयाँ र छ गाउँपालिकाले तीन अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

सदरमुकामस्थित व्यास नगरपालिकाले एक अर्ब ५० करोड २० लाख एक हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड दुई लाख ३४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ७२ करोड २९ लाख ९१ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २६ करोड दुई लाख २५ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चार करोड ८७ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ४२ करोड ९८ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ।

उपप्रमुख इन्दिरा दरैका अनुसार चालुतर्फ एक अर्ब दुई करोड ३७ लाख ६२ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६८.१६ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ४७ करोड ४२ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३१.८४ प्रतिशत हो।

विनियोजित बजेटमध्ये सङ्घ सरकारको सशर्त चालु अनुदानबाट ६१ करोड ८० लाख रुपैयाँ, आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ, सङ्घ सरकारको वित्तीय समानीकरणबाट १८ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १५ करोड ३२ लाख ७७ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानबाट १३ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै राजस्व बाँडफाँट मालपोतबाट सात करोड रुपैयाँ, नगर विकास ऋणबाट तीन करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट दुई करोड ५० लाख पाँच हजार रुपैयाँ, सञ्चित कोषबाट दुई करोड १० लाख रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट एक करोड ८१ लाख ६५ हजार रुपैयाँ, सडक बोर्डबाट ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नवप्रवर्तन कार्यक्रमबाट ७० लाख रुपैयाँ, समपुरकबाट ५० लाख रुपैयाँ, जिल्ला समन्वय समितिबाट ५० लाख रुपैयाँ, प्रदेश समपुरक अनुदानबाट ४५ लाख ५४ हजार रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ तथा जनसहभागिताबाट ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

शुक्लागण्डकी नगरपालिकाले एक अर्ब १३ करोड ५४ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख खुमबहादुर विकले आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदानबाट ४९ करोड १८ लाख रुपैयाँ तथा वित्तीय समानीकरणबाट १२ करोड ३८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए ।

सशर्त अनुदानबाट ४६ करोड ४१ लाख रुपैयाँ, विशेष अनुदानबाट एक करोड ४० लाख रुपैयाँ, समपुरक अनुदानबाट एक करोड ३३ लाख रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९३ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट एक करोड ५९ लाख रुपैयाँ, समपुरकबाट ६० लाख रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ, मालपोतबाट एक करोड ५० लाख रुपैयाँ तथा जनसहभागिताबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उनको भनाइ छ।

उनका अनुसार पूर्वाधारतर्फ तीन करोड ९१ लाख ७८ हजार रुपैयाँ, सामाजिक विकासतर्फ तीन करोड ४२ लाख रुपैयाँ, आर्थिक विकासतर्फ ९२ लाख ५७ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९२ लाख ५७ हजार रुपैयाँ, सुशासन तथा संस्थागत क्षमतातर्फ ४६ लाख २८ हजार रुपैयाँ, चालु प्रशासनिक खर्चतर्फ १६ करोड रुपैयाँ, अनिवार्य दायित्वतर्फ १० करोड रुपैयाँ, राजस्व फिर्तातर्फ एक करोड रुपैयाँ र वडागत कार्यक्रमतर्फ नौ करोड रुपैयाँ विनियोजन गरिएको छ।

भानु नगरपालिकाले ८४ करोड ६६ लाख ४४ हजार २४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने भीमाद नगरपालिकाले ६३ करोड ५३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। त्यसमध्ये चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ २६ करोड ३९ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट नौ करोड ९२ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३९ लाख रुपैयाँ, चालु अनुदानबाट १८ करोड रुपैयाँ प्रास्त गर्ने अनुमान गरिएको छ। साथै, राजस्व बाँडफाँटबाट आठ करोड ७७ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरणबाट एक करोड २१ लाख रुपैयाँ प्राप्त हुने व्यवस्था गरिएको उनले बताए।

राजस्व बाँडफाँटबाट ९० लाख रुपैयाँ, अनुदानबाट ९० लाख रुपैयाँ, सडक बोर्डबाट २३ लाख रुपैयाँ, आन्तरिक आयबाट १५ करोड रुपैयाँ, समपुरक अनुदानबाट ७० लाख रुपैयाँ, विशेष अनुदानबाट एक करोड ४० लाख रुपैयाँ, सामाजिक सुरक्षातर्फ १३ करोड रुपैयाँ, प्रदेश समपुरक अनुदानबाट ६० लाख रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ तथा नागरिक साझेदारीबाट दुई करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

आर्थिक विकास समितितर्फ चार करोड १८ लाख रुपैयाँ, सामाजिक विकास समितितर्फ ३३ करोड १६ लाख ८३ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २५ करोड ३९ लाख ६८ हजार ४५० रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन समितितर्फ ८७ लाख रुपैयाँ, कार्यालय सञ्चालन तथा सुशासन समितितर्फ १० करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

देवघाट गाउँपालिकाले पनि ५५ करोड ५८ लाख ६७ हजार रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाले ६४ करोड रुपैयाँ, बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ, ऋषिङ गाउँपालिकाले ५३ करोड ६२ लाख ५० हजार रुपैयाँ तथा घिरिङ गाउँपालिकाले ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit