काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस ई–टेरेन पिकअपप्रति ग्राहकको आकर्षण बढेपछि हिमालय मोटरक्स प्रालिले विशेष छुट अफरलाई भदौ १५ गतेसम्म निरन्तरता दिने भएको छ।
हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटरक्सले नाइमा मोबिलिटी एक्स्पोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। बुकिङमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सनका गाडी छन्। कम्पनीले करिब तीन साताअघि सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा एक्स्पोका क्रममा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट दिएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुट उपलब्ध गराइएको थियो।
एक्स्पो अवधिका लागि मात्र घोषणा गरिएको छुटलाई ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म निरन्तरता दिइएको कम्पनीले जनाएको छ। अब उक्त अफर लिन चाहने ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन्। ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअपमा चासो देखाएको कम्पनीले जनाएको छ।
आक्रामक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र सुविधा सम्पन्न कारमा पाइने विभिन्न फिचरका कारण ई–टेरेन निजी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। निर्माण तथा जलविद्युत् क्षेत्रका व्यवसायीका लागि समेत उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो विद्युतीय पिकअप उपयोगी हुने कम्पनीले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्