Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

टोयोटा नेपालले ल्यायो ‘विजय उत्सव’, दशैंसम्म विशेष छुट र अफर

टोयोटा नेपालले ल्यायो ‘विजय उत्सव’, दशैंसम्म विशेष छुट र अफर
विज्ञापन
Advertisement

काठमाडौं। टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

दशैंसम्म सञ्चालन हुने उत्सवअन्तर्गत ग्राहकले टोयोटाका विभिन्न मोडलमा विशेष छुट तथा आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ। नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकलाई लक्षित गर्दै टोयोटाले ‘विजय उत्सव’ ल्याएको जनाएको हो।

अटो शोमा सहभागी हुन नसकेका वा त्यस अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकले पनि अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्दा विशेष लाभ लिन सक्ने कम्पनीको भनाइ छ। दशैंको उत्साहसँग जोडेर ग्राहकलाई नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको टोयोटा नेपालले जनाएको छ। अभियान अवधिमा टोयोटाका विभिन्न मोडलमा विशेष तथा आकर्षक छुट उपलब्ध हुने बताइएको छ।

‘नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने सन्देशसहित सुरु हुने ‘टोयोटा विजय उत्सव’ दशैंसम्म सञ्चालन हुनेछ। कम्पनीले ग्राहकलाई अभियानमा सहभागी भई विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit