Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

‘नामी भिगो ई–२’ सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार

‘नामी भिगो ई–२’ सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा उक्त गाडीको अनावरण गरेका हुन् । सन् १९६४ मा विराटनगरबाट एउटा सानो वर्कसपको रूपमा यात्रा सुरु गरेको एमएडब्लुले ६ दशकको यात्रा पूरा गरी आज नेपालको अटोमोबाइल र इन्जिनियरिङ क्षेत्रकै सबैभन्दा ठूलो व्यावसायिक घरानाको रूपमा आफूलाई स्थापित गरेको छ ।

सोही ऐतिहासिक विरासतलाई अझ सुदृढ बनाउँदै कम्पनीले नेपाली ग्राहकका लागि किफायती मूल्यमा अत्याधुनिक एसयूभी भित्र्याएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अग्रवालले एमएडब्लु सधैं मूल्यमान्यतामा आधारित व्यावसायिक अभ्यासमा अडिग रहेको बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुलमा गरेको समायोजनको प्रत्यक्ष लाभ ग्राहकलाई दिने उद्देश्यले गाडीको मूल्य निकै प्रतिस्पर्धी राखिएको अग्रवालले बताए । ‘हामीसँग भन्सार छुटबाट प्राप्त भएको लाभलाई नाफाको रूपमा राख्ने विकल्प थियो, तर हाम्रो मुख्य उद्देश्य ग्राहक केन्द्रित हुनु हो,‘अग्रवालले भने,‘त्यसैले हामीले डोङफेङसँगको सहकार्यमा ह्याचब्याक गाडीकै मूल्यमा एउटा पूर्ण एसयूभीको अनुभव दिने गरी नामी भिगो ई–२ बजारमा ल्याएका छौं ।’

उनका अनुसार यो गाडी केवल सहरका लागि मात्र नभई नेपालका मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता कठिन भौगोलिक क्षेत्रमा समेत सफलतापूर्वक परीक्षण भइसकेको छ। विद्युतीय सवारीको विश्वव्यापी रूपान्तरणमा डोङफेङको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अग्रवालले नेपालमा पनि ईभीको प्रयोग उत्साहजनक रूपमा बढिरहेको बताए। पछिल्लो तथ्यांकअनुसार नेपालमा ईभीको प्रवेश दर ७० प्रतिशतबाट बढेर ८५ प्रतिशत पुगिसकेको छ, जुन विश्वमै दोस्रो उच्च हो। बजारमा माग उच्च रहे पनि विश्वव्यापी रूपमा ब्याट्रीको अभाव र तीव्र मागका कारण आपूर्तिमा केही दबाब रहेको उनको भनाइ छ ।

हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दसैंसम्म माग अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह समेत गरे । विगत ३२ वर्षदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय अग्रवालले जसरी पहिले आइस इन्जिनमा ह्याचब्याकबाट एसयूभीमा बजार सरेको थियो, त्यसरी नै ईभीमा पनि अब फुल एसयूभीकै वर्चस्व हुने विश्वास व्यक्त गरे । डोङफेङका क्षेत्रीय प्रबन्धक झु क्विङले सन् १९६९ मा स्थापना भएको डोङफेङले हालसम्म ६ करोडभन्दा बढी सवारीसाधन उत्पादन गरिसकेको जानकारी दिइन्।

सन् २०२४ सम्ममा १ सयभन्दा बढी देशमा उपस्थिति जनाइसकेको यो ब्राण्ड नेपालमा एमएडब्लु वृद्धिसँगको साझेदारीप्रति निकै विश्वस्त देखिएको छ । ‘नेपालका कठिन सडक र उचाइका लागि बलियो गाडी आवश्यक पर्छ, त्यसैले हामीले विगोलाई नेपालको माटो सुहाउँदो बनाउन विशेष ध्यान दिएका छौं,‘ क्विङले भनिन् । उनका अनुसार नामी भिगो नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी ब्राण्डको रूपमा स्थापित भइसकेको छ र यसका २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् । एमएडब्लुले ग्राहकको आवश्यकता र क्रयशक्तिलाई ध्यानमा राख्दै प्रविधि, सुरक्षा र विलासिताको मिश्रणको रूपमा भिगो ई–२ लाई प्रस्तुत गरेको छ ।

६० वर्षअघि पटना वा कोलकाता पुगेर इन्जिन मर्मत गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै नेपालमै पहिलो अटोमोबाइल वर्कसप स्थापना गरेको एमएडब्लुले अहिलेको ईभी युगमा पनि ग्राहकलाई उत्कृष्ट सेवा र मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit