Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्काईवेलको फ्ल्यागसिप शोरुम अब काठमाडौंको नक्सालमा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब काठमाडौंको नक्सालमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा लक्जरी एसयूभी प्रदान गर्ने स्काईवेलले काठमाडौंको नक्सालस्थित नारायणचौरमा आफ्नो फ्ल्यागसिप शोरुम उद्घाटन गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

शोरुम उद्घाटन कार्यक्रममा चिनियाँ राजदूतावासका डेपुटी बिफ अफ मिसन महामहीम वाङ् जिन्ले प्रमुख अतिथिको रूपमा उपस्थित थिए। नवनिर्मित शोरुममा अब कम्पनीको ६२० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी स्काईवेल ईटी-५ उपलब्ध हुने छ। नेपालमा स्काईवेलको यो पाँचौं बिक्री केन्द्र हो। कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु, केन्द्रिय म्यानेजर भिरा तथा नेपालका लागि आधिकारिक आयातकर्ता जि मोटर्स प्रा. लि. का चेयरम्यान दुर्गा प्रसाद गेलालको उपस्थिति रहेको थियो।

चीनमा निर्मित स्काईवेल विश्वका ६५ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। यो ब्राण्ड युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्य पूर्व, रसिया तथा एसियामा समेत बलियो उपस्थिति जमाउन सफल भएको छ। स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्राण्ड हो। राम्रो वित्तीय आधार, अनुसन्धान तथा विकासमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ।

नेपालमा स्काईवेलले पहिलो पटक भक्तपुरको राधेराधेमा विक्री केन्द्र खोलेर एक वर्ष अघि प्रिमियम एसयूभीको विक्री वितरण सुरु गरेको थियो। छोटो समयमै राम्रो ब्राण्ड भ्यालु कायम गर्न सफल स्काईवेलले नेपालमा १०० भन्दा बढी एसयूभी विक्री गरिसकेको जनाएको छ।

नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता जि मोटर्स प्रा। लि। रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको सफलताको मुख्य कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो विक्री पश्चातको सेवा भएको दाबी कम्पनीले गरेको छ।

शोरुम उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले भने, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी विक्री गर्छौं। उहाँहरू आफ्नो प्रिमियम जर्मन कारलाई घरमै राखेर वातावरणको जगेर्ना गर्ने सोचका साथ स्काईवेलका एसयूभी प्रयोग गर्न थाल्नुहुन्छ। ती ग्राहकलाई उच्चस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं। आवश्यकता परे हामी घरमै गएर सेवा दिनेछौं, र हामीसँग पर्याप्त स्पेयर पार्ट्स उपलब्ध छन्।’

जि मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेललाई साधारण इभी मात्र नभई प्रिमियम एसयूभी ब्राण्डका रूपमा स्थापित गर्न सफल भएको बताए।नेपालमा स्काईवेल एसयूभीको मूल्य ७९ लाख ९० हजार रूपैयाँबाट सुरु हुन्छ, जसको सुरुवाती भेरियन्टमा ४१० किलोमिटर रेन्ज प्रदान गरिन्छ। त्यस्तै, एक करोड १५ लाख रूपैयाँसम्म पर्ने अन्य भेरियन्टहरू पनि उपलब्ध छन्। कम्पनीले यसै वर्ष अझै प्रिमियम विशेषतासहितको सानो एसयूभी नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit