Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे उम्मेदवारको चासो

माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे उम्मेदवारको चासो
विज्ञापन
Advertisement

काठमाडौं । दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे प्रतिनिधि सभा उम्मेदवारले चासो देखाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहल गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर–२ मा उम्मेद्वारी दिएका बखत बहादुर शाहीले माथिल्लो कर्णालीको प्रगति अवस्था बुझ्न जीएमआर कम्पनीका आयोजना प्रमुख के.के. शर्मासँग भेट गरेका हुन् ।

भेटका क्रममा आयोजनाको हालसम्मको प्रगति विवरण, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको शाहीले बताए । शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, भैरवी सिरिस्थान ग्यास पेट्रोल आयोजना तथा दुल्लु–मालिका सौर्य आयोजना आफ्ना प्रमुख प्राथमिकताका एजेन्डा भएको उल्लेख गरे । यस्तै, उनले यी परियोजनालाई समयमै निर्माण चरणमा लैजान राजनीतिक पहल र समन्वय आवश्यक रहेको धारणा राखे ।

भारतीय कम्पनी ग्रान्धी मल्लीकाअर्जुन राव (जीएमआर) ले सन् २००८ मा ग्लोबल टेन्डरमार्फत माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास गर्ने अनुमति पाएपनि हाल सम्म प्रगति नहुँदा स्थानियहरु रुष्ट भएको भन्दै शाहीले उक्त आयोजना विकासका लागि प्रमुख शर्माको ध्यानाकर्षण समेत गराए । उनले यी आयोजनाले दैलेख र अछामको समग्र आर्थिक विकास, रोजगारी सिर्जना र ऊर्जा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान दिने बताए ।

भेटका क्रममा आयोजना प्रमुख शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वर्तमान अवस्था, लगानी संरचना तथा आगामी चरणमा अघि बढ्ने सम्भावनाबारे जानकारी गराएका थिए। दुवै पक्षले आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजान आपसी सहकार्य र निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालेका छन् । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit