Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुने

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ अन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार आगामी असोज १४ देखि २० गतेसम्म इटहरीमा मेला सञ्चालन हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले आर्थिक वर्ष ८४ देखि ९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ। सोही अभियानअन्तर्गत युवाको सीप र ऊर्जा स्वदेशमै उपयोग गर्दै रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले राष्ट्रव्यापी रूपमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो।

मन्त्रालयले जारी गरेको ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ अनुसार मन्त्रीको संयोजकत्वमा रहेको निर्देशन तथा समन्वय समितिको पहिलो बैठकले इटहरीमा मेला आयोजना गर्ने निर्णय गरेको हो। इटहरीपछि क्रमशः अन्य प्रदेशमा समेत मेला सञ्चालन गर्दै यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको लक्ष्य छ।

मेलामा तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता संघ–महासंघ, उद्योगी–व्यवसायी तथा शैक्षिक र तालिम प्रदायक संस्थाबीच समन्वय तथा सहकार्य गरिनेछ। मेलामार्फत सीप विकास, रोजगारी, उद्यमशीलता तथा स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।

समितिको पहिलो बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउन सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण रहेको बताए। युवालाई नेपालमै रोजगारीमा जोडिन तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूति दिलाउनुपर्नेमा जोड दिँदै उनले रोजगार प्रवर्द्धन दशक सफल बनाउन सरकार, निजी क्षेत्र र सबै सरोकारवालाको सहकार्यमा सीप तथा रोजगारीको बलियो प्रणाली निर्माण गर्नुपर्ने बताए। मन्त्रीले सीप तथा रोजगार मेलालाई त्यस्तो प्रणाली निर्माणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit