काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकै दिन देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।
विश्वकर्मा पूजाको अवसर पारेर सिप्रदीले बिहीबार आफ्ना देशभरका २२ शोरुममार्फत नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभीसहित विभिन्न आन्तरिक दहन इन्जिनयुक्त मोडल डेलिभरी गरेको जनाएको छ।
यीमध्ये अधिकांश गाडी नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका मोडल हुन्। एक्स्पो तथा अटो शोमा प्राप्त बुकिङ तथा प्रक्रिया पूरा भएका गाडी विश्वकर्मा पूजाको अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेका बेला टाटाका नयाँ पुस्ताका ईभी मोडलको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको सिप्रदीको भनाइ छ। कम्पनीले ग्राहकको आवश्यकता र बजारको मागअनुसार टाटा मोटर्सका नयाँ मोडलहरू नेपाली बजारमा निरन्तर ल्याउँदै जाने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्