विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय तथा प्रिमियम अत्तर बिक्री गर्दै आएको इना सेन्टर नेपाल प्रालिले विराटनगरमा आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको छ।
विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा शनिबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो। शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र रावत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले संयुक्त रूपमा गरेका हुन्।

नेपालको अत्तर तथा सुगन्ध उद्योगमा २५ वर्षभन्दा लामो अनुभव रहेको इना सेन्टरले अन्तर्राष्ट्रिय, लक्जरी, निस र मध्यपूर्वी सुगन्धका विभिन्न उत्पादन बिक्री गर्दै आएको जनाएको छ। विराटनगरमा शाखा विस्तारसँगै पूर्वी नेपालका ग्राहकलाई प्रामाणिक तथा प्रिमियम अत्तर र अन्तर्राष्ट्रिय सुगन्ध ब्रान्ड सहज रूपमा उपलब्ध हुने कम्पनीको विश्वास छ।
इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले विराटनगर शाखाको विस्तारले पूर्वी नेपालका ग्राहकलाई गुणस्तरीय अत्तरको पहुँच बढाउनुका साथै नेपालमा सुगन्ध संस्कृतिको विकासमा थप योगदान पुग्ने बताए।















प्रतिक्रिया दिनुहोस्