काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ गते (अक्टोबर २६) बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको लिग चरणअन्तर्गत पहिलो खेल कात्तिक ९ गते सोमबार हुनेछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने यसअघि नै तय भइसकेको छ।
उद्घाटन दिन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि कात्तिक १० गते विराटनगर किङ्सले चितवन राइनोज तथा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग खेल्नेछन्। कात्तिक ११ गते पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
कात्तिक १२ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल हुनेछ। कात्तिक १३ गते विश्राम दिन राखिएको छ। कात्तिक १४ गते लुम्बिनी लायन्सले चितवन राइनोज तथा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछन्।
तालिकाअनुसार कात्तिक १५ गते जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ भने कात्तिक १६ गते काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक १७ गते विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।
कात्तिक १८ गते विश्रामपछि कात्तिक १९ गते लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच खेल हुनेछ। कात्तिक २० गते सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कात्तिक २१ गते काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। कात्तिक २२ गते विश्राम दिन राखिएको छ। त्यसपछि कात्तिक २३ गते पोखरा एभेन्जर्स र कर्णाली याक्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।
कात्तिक २४ गते सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ भने कात्तिक २५ गते विश्रामपछि कात्तिक २६ गते विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक २७ गते काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच खेल हुनेछ।
लिग चरणको अन्तिम दिन कात्तिक २८ गते विराटनगर किङ्स र लुम्बिनी लायन्स तथा चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुनेछ। सोही दिन पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच पनि प्रतिस्पर्धा हुनेछ।
लिग चरणपछि कात्तिक ३० गते क्वालिफायर–१ खेलाइनेछ, जसमा पहिलो र दोस्रो स्थानमा रहने टोली भिड्नेछन्। मंसिर १ गते एलिमिनेटरमा तेस्रो र चौथो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि मंसिर २ गते क्वालिफायर–२ हुनेछ। प्रतियोगिताको फाइनल मंसिर ४ गते ९नोभेम्बर २१० आयोजना हुनेछ।
तालिकाअनुसार अधिकांश दिन दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ। एक खेल मात्रै हुने दिनमा खेल अपराह्न ४ः३० बजेबाट सुरु हुने तालिकामा उल्लेख छ।
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्। प्रतियोगितामा लिग चरणका २८ सहित प्लेअफका चार खेल गरी कुल ३२ खेल हुनेछन्।













प्रतिक्रिया दिनुहोस्