Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

स्काइवेल चलाउने जोडिलाई युरोप घुम्ने मौका

स्काइवेल चलाउने जोडिलाई युरोप घुम्ने मौका
विज्ञापन
Advertisement

काठमाडौं । युरोपमा नेपालीहरूको स्काइवेल चलाउने सपना साकार हुने भएको छ। नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकहरूलाई युरोप भ्रमणमा लैजाने भएको हो।

विज्ञापन
Advertisement
Advertisement

‘स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भइ स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यो अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काइवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई युरोप भ्रमणमा लगिने कम्पनीले जनाएको छ।

युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ् प्राप्त गरेको छ ।

त्यसैगरी चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल इभी एसयुभी हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो ।

हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज इभी विरलै पाइन्छन् । युरोपेली मुलुकहरूमा स्काइवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका साथ स्काइवेलको आयातकर्ता जि मोटर्स प्रालिले यो विशेष योजना ल्याएको हो ।

स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोपु योजनाअन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यतिमात्र नभइ सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन् । यसका लागि आफूले स्काईवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्यागसहित पोष्ट गर्नेमध्ये एकजना पुरूष र एकजना महिलालाई युरोप भ्रमणको मौका दिइनेछ।

स्काइवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको बिक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काइवेलको विई ११ (४१०) किलोमिटर रेन्जको मोडलको मूल्य ७९ लाख ९० हजार रहेको छ। विई ११ (५२०) किलोमिटर रेन्जको मूल्य ८९ लाख ९० हजार रहेको छ।

यसैगरी स्काइवेलका यि दुवै मोडल फुल साइज एसयुभी हुन् जसमा १९० एमएम ग्राउण्ड क्लियरेन्स ,लक्जरी इन्टेरियर,उच्च शिक्षा प्रविधि,स्मार्ट फिचहरूजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्। स्काइवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरू सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit