Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

महँगी बढ्यो, मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुग्यो

महँगी बढ्यो, मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुग्यो
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा वार्षिक उपभोक्ता मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत पुगेको छ। यस्तै, खाद्य समूहमा घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत र तरकारीको ७.०७ प्रतिशतले बढेको छ।

त्यस्तै, गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत र घरायसी उपकरणको ६.०१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष खाद्य समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit