Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नीति परिवर्तन गरी हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने सरकारको तयारी

नीति परिवर्तन गरी हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने सरकारको तयारी
विज्ञापन
Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार दिउँससो हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको र सरकारले तयारी गरेको बताएका हुन् ।
देश रुपान्तरण भएसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राखेका उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ सरकार लागेको उल्लेख गरे । “अब हुलाकको नीति परिवर्तन हुन्छ”, मन्त्री गुरुङले थप भने, “हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।”

विज्ञापन
Advertisement
Advertisement

यस्तै, मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई आग्रहसमेत गरे । “हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्”,मन्त्री गुरुङले भने ।
कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजना बारे धारणा प्रष्ट पारिन । कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit