Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सत्तारुढ दलको बैठक साँझ बस्दै

सत्तारुढ दलको बैठक साँझ बस्दै
विज्ञापन
Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

आजको बैठकमा यही माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, संसदमा लगिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशलाई लिएर विपक्षी दलहरुले विरोध गरिरहेका बेला सत्तारूढ दलका नेताहरुले समेत फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। आजको बैठकमा सत्तापक्षको समान धारणा बनाउने प्रयास गर्न बुझिएको छ ।
प्रधानमन्त्री ओलीले नेतृत्व गरिराखेको सरकारमा हाल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit