Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

महाशिवरात्री महायज्ञका लागि एक हजार ११ वटा देवदेवताका मूर्ती बनाउँदै बलिराम

महाशिवरात्री महायज्ञका लागि एक हजार ११ वटा देवदेवताका मूर्ती बनाउँदै बलिराम
विज्ञापन
Advertisement

काठमाडौँ । उमेरले साढे पाँच दशक पार गरेर बुढ्यौलीले छोए पनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी उनलाई दिएका छन् । ‘पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ। उनलाई साथ दिन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन्,’ पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भने । बलरामले विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेका छन् ।

मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्ने खालका मूर्ति तयार गर्ने बताए । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्कालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको बलरामले जानकारी दिए ।मूर्तिकार पण्डितले सामान्यता सानो मूर्तिको रएक हजार पाँच सयदेखि पाँच हजार मूल्य पर्ने भन्दै सोही अनुसार मूर्ति बनाउन लागिएको सुनाए । उनले एक हजार ११ मूर्ति बनाउन करिब २५ लाख रुपैयाँ खर्च लाग्ने बताए । ‘माटोलाई कुदेँर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ । हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु ।’

पण्डितले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालार्ई उच्च शिक्षा दिँदै आइरहेको सुनाए । ‘विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक सङ्ख्यामा मूर्ति बनाएको थिए, मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ ।’ महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ आगामी माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनए ।

महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको आयोजकको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit