Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

आइएमई लाइफको नाफा बढ्यो

आइएमई लाइफको नाफा बढ्यो
विज्ञापन
Advertisement

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशत बढीले वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइएमई लाइफ इन्स्योरेन्सले जारी गरेको वित्तीय विवरणमा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीले १४ दशमलब १० प्रतिशत नाफा गरेको छ । गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी रहेकोमा चालू आवमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । चालू आवमा सो आर्जन बढेर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ।

चालु आवको पुस मसान्त सम्ममा मात्र कम्पनीले खुद बीमाशुल्क बढाएर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ५७ लाख रुपैयाा खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले २ अर्ब २५ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ, सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसाबाट १० रुपैयाँ ७१ पैसामा घटेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहँदा अल्पकालिन लगानी भने १ अर्ब ६८ करोड रुपैयाँ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit