Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वडादशैंमा फुलपाती : धार्मिक महत्त्व र परम्परा

वडादशैंमा फुलपाती : धार्मिक महत्त्व र परम्परा
विज्ञापन
Advertisement

काठमाडौं । आज सप्तमी अर्थात फूलपाती ! हिन्दुहरुका लगि यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती गराउने परम्परा छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएपनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।

विज्ञापन
Advertisement
Advertisement

घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रीय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भन्नाले नवरात्रिका अर्थात् नौ प्रकारका वनस्पतिको संयोजनलाई जनाइन्छ ।

शास्त्रीय विधिअनुसार, यस दिन शुभ साइत हेरेर फूलपाती घरमा भित्र्याउने चलन छ । नौ देवीहरूको प्रतिकका रूपमा नौ थरी पातहरूलाई पूजा गरेर घरमा ल्याइन्छ । यी पातहरूमा केरा, दारिम, धान, हलेदा, माने, कर्चुरा, बेल, अशोक र जयन्ती रहेका हुन्छन् । यिनै नवपत्रिकालाई दुर्गा पूजाको स्थानमा भित्र्याउने प्रचलन छ ।

वेद तथा पुराणमा उल्लेख भएअनुसार, नवदुर्गाको स्वरूपमा यी नौ वनस्पतिहरूलाई पूजा गरिन्छ । प्रथम दिनमा शैलपुत्री, त्यसपछि ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र नवौं दिनमा सिद्धिदात्री देवीको पूजा गरिन्छ । सप्तमीको दिनको देवी कालरात्रि हुनुहुन्छ, जसको प्रतीकस्वरूप नवपत्रिकाको स्थापना गरिन्छ ।

वेद गुरु रविन्द्र आचार्यका अनुसार, ‘फूलपातीको दिन नौवटै देवीहरूको प्रतिक स्वरूप नवपत्रिका अर्थात् पातहरूलाई पूजा गर्छौं । वनस्पतिको माध्यमबाट भगवतीको आब्हान गरिन्छ । विशेषतः बिहानको शुभ–मुहूर्त, साँझ वा मध्यरातको समयमा पूजा गरी शंख, घण्ट, मंगलधुन र स्वस्ति वाचनको साथमा ब्राह्मणहरूको अगुवाइमा फूलपाती भित्र्याउने चलन रहिआएको छ ।’

फूलपाती भित्र्याउने परम्परामा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिएपनि मूल भावना एउटै छ । देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि पश्चिमसम्म विभिन्न जातजाति, धर्म र सम्प्रदायमा यसको रूप फरक देखिएपनि सारमा दशैंको सांस्कृतिक र धार्मिक गहिराइ यस दिनबाट झनै उजागर हुन्छ । साथै उनले फूलपाति नौ वटा देवीहरूसँग जोडिएको प्रसंग भएको समेत बताए ।

‘फूलपातीको महत्त्व हामीले प्रथम शैलपुत्री छ भनेर भगवतीको पूजा गर्दै जान्छौं प्रथम दिनबाट । प्रथम शैलपुत्री छ, द्वितीम ब्रम्हचारिणी, तृतीम चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्, पञ्चम स्कन्दमातिति षष्ठम कात्यायनीति सप्तमम् कालरात्रि महागौरीति अष्टमम्को पूजा गरिन्छ ।

नौ देवीहरूको हामीले पूजा गर्छौं र नौ देवीहरूकै प्रतिकमा नवपत्रिकालाई भित्र्याउछौं र यो नौ देवीहरूसँग जोडिएको प्रसंग छ यो फुलपातीको प्रसंग हो । तर परम्परा अनुसार पूर्वी नेपालदेखि पश्चिमसम्म विभिन्न भौगोलिकतामा, विभिन्न धर्ममा, सम्प्रदायमा बाँधिएको कारणले गर्दा यसको फरक–फरक प्रचलन अनुसार भित्र्याउने चलन पनि पाइएको छ,’ उनले भने ।

यसै सन्दर्भमा पण्डित नारायण प्रसाद आचार्यले पनि फूलपातीको महत्वको बारेमा चर्चा गर्दै असुरहरुलाई नष्ट गर्न शक्ति सामथ्र्य होस् भन्ने भाव राखेर फूलपातीको दिन दारिम, धान, हरिद्रा, कचु, बेल वृक्ष, अशोक जयन्ती यस्ता प्रकारका चिजहरुलाई संकलन गरेर भगवती आमाको साथमा लगेर राखिने गरेको बताए ।

उनले भने, ‘फुलपाती भित्र्याउने अघिल्लो दिन वृक्ष, पाति र फूलहरुलाई निमन्त्रणा दिनुपर्छ । निमन्त्रणा गरिसकेपछि, भोलिपल्ट भगवती भएको ठाँउमा राखिन्छ । जस्तो फुलपातीमा केरा, दारीम, धान, हरिद्रा, कचु, बेल वृक्ष, अशोक जयन्ती यस्ता प्रकारका चिजहरुलाई संकलन गरेर, अनि भगवती आमाको कृपाद्वारा असुरहरुलाई नष्ट गर्न शक्ति सामथ्र्य होस् भन्ने भाव राखेर भगवती आमाका स्थानमा राख्ने, शंख–घण्टी बजाउँदै, धूप बालेर दही र अक्षतालगायत अनेक प्रकारको पूजा गर्नुपर्छ ।’
फुलपाती, वृक्षहरु र मानवको सम्बन्धमा एउटा रथको दुई पाङ्ग्रा जस्तो भएको पनि उनको भनाइ छ ।

उनका अनुसार फुलपाती भित्र्याइसकेपछि भगवती आमाको पूजा हुन्छ । ‘केरामा केराकै महत्त्व छुट्टै छ, ब्रम्हयणी नाम गरेकी भगवती पनि हुन्छिन् । त्यसैगरी हरिद्रामा दुर्गाको पूजा हुन्छ । दारिममा गएर रत्नदन्तीको पूजा हुन्छ, धानमा गएर लक्ष्मी भगवतीको पूजा हुन्छ, कचुमा गएर कालिकाको पूजा हुन्छ । महान वृक्षमा चामुण्डाको पूजा हुन्छ ।

बेलपत्रमा शिवको पूजा हुन्छ । अशोकमा गएर शोक हरिणीको पूजा हुन्छ भने जयन्तीमा गएर जयन्तीको पूजा हुन्छ । त्यो पूजाको प्रभावले असुरहरुलाई नष्ट गरेर शक्तिको प्रभाव गर्नका लागि फूलपाती भित्राउने गरिन्छ,’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit