काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ं र ग्यालेक्सी एस २५ स्मार्टफोनको प्रि–अर्डर सेवाको सुरुवात गरेको छ ।
बिहीबार काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गर्दै सामसङले सामसङले त्रु एआई कम्प्यानीयन भएको स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरे । ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेको जनाइएको छ । त्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने कम्पनीले उल्लेख गरेको छ । ग्यालेक्सी एस२५ सिरिजले व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै विभिन्न सल्लाह र सुझावहरू दिने सामसङ नेपालका निर्देशक श्रेष्ठले उल्लेख गरे । ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम भएको उनको दाबी छ ।
‘यो त्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दैछ, ग्यालेक्सी एस२५ सिरिजले सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले भने । एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइलको अनुभव दिने उनले बताए । यो सिरिजमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज रहेको कम्पनीको दाबी छ ।
यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज भएको कम्पनीले जनाएको छ। यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर न्याचुरल बनाउँने जनाइएको छ । ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सकिने छ । यसले सामसङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज कनेक्सन गर्ने छ ।
ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ । ग्यालेक्सी एस२५ं र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ । पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ । सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो रुपमा रहने जनाएको छ ।
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ । यो फागुन १ गतेसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६जीबी बाट १२÷५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स–३ प्रो छ । यसको मूल्य ३१ हजार ९९९ रहेको छ । अफरमा १४ हजार ९९९ मा पाउने कम्पनीले जनाएको छ । साथै ३ हजार ३९९ मूल्य रहेको सिलिकन कभर १ हजार ५०० रुपैयाँमा पाइने छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्