Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दक्षिण कोरियाको नियामक निकायले डिपसिकसँग सोधपुछ गर्ने

दक्षिण कोरियाको नियामक निकायले डिपसिकसँग सोधपुछ गर्ने
विज्ञापन
Advertisement

काठमाडौँ । चिनियाँ स्टार्टअप डिपसिकले यस हप्ता आफ्नो शक्तिशाली नयाँ एआई च्याटबट लन्च गरेपछि दक्षिण कोरियाले कम्पनीलाई प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गर्छ भनेर सोध्ने सियोलको डाटा नियामक निकायले शुक्रबार बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

डिपसिकले यसको आर१ च्याटबटले अमेरिकी कम्पनीहरूले गरेको लगानीको एक अंशमा संयुक्त राज्य अमेरिकाका कृत्रिम बौद्धिकता (एआई) अग्रणीहरूको क्षमतासँग मेल खाने दाबी गरेको छ । यो समाचारले प्रविधि क्षेत्रमा जमेका कतिपय कम्पनीको सेयर बजारमा गिरावट ल्याएको छ । अमेरीकन टेक कम्पनी एनभिडियाको सोमबार १७ प्रतिशतले सेयर झरेको थियो  । “डिपसिकले व्यक्तिगत डाटा कसरी ह्यान्डल गर्छ भन्नेबारे जानकारी प्राप्त गर्न हामीले शुक्रबारदेखि नै लिखित रूपमा अनुरोध पेश गर्ने योजना बनाएका छौँ”, दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण आयोगका एक अधिकारीले एएफपीलाई बताए । यद्यपि उनले थप विवरण भने दिएनन् ।

अन्य देशले पनि डिपसिकको एआई च्याटबटबारे प्रश्न उठाएका छन् । इटालीले यस हप्ता आर१ मोडेलमा अनुसन्धान सुरु गरेको छ र यसलाई इटालियन प्रयोगकर्ताहरूको डाटा प्रशोधन गर्नबाट रोक लगाएको छ । इटालियन डाटा संरक्षण एजेन्सीले डिपसिकको एआई प्रणालीलाई तालिम दिन कुन जानकारी प्रयोग गरिन्छ र यदि डाटा इन्टरनेटबाट स्क्र्याप गरिएको हो भने प्रयोगकर्ताहरूलाई उनीहरूको डाटा प्रशोधनबारे कसरी सूचित गरिन्छ भनेर सोधिरहेको छ । फ्रान्सेली नियामक सिएनआइएलले पनि डिपसिकसँग यसको च्याटबटबारे ‘यसको कार्यप्रणाली र डाटा संरक्षणसम्बन्धी जोखिमहरू राम्रोसँग बुझ्न’ सोधपुछ गर्ने बताएको छ । डिपसिकको प्रभाव सियोलको मार्केटमा पनि परेको छ । लामो बिदापछि खुलेको सेयर बजारमा शुक्रबार स्टकहरु घटेका छन् ।

चिनियाँ स्टार्टअपले आफ्नो ठूलो लर्निङ मोडल सञ्चालन गर्न कम उन्नत एच८०० चिपहरू प्रयोग गरिएको जनाएको छ । यस्तै, सामसुङ दुई प्रतिशतभन्दा बढीले घटेको छ भने एसके हाइनिक्स एक विन्दुमा करिब १२ प्रतिशतसम्म झरेको छ । –रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit