images images
images images
images

भादगाउँ खानेपानी संस्थाको निर्माणमा एक वर्ष ढिलाइ

images
images
images

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।
निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी विसं २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुन नसकेको हो । दोस्रो पटक म्याद थपको अवधि आगामी फागुन महिनासम्म रहेको छ । फागुनभित्र मुख्य रिर्जभ ट्याङ्कीसम्म झार्न सकिए चैतदेखि पानी वितरण गर्ने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘व्यास–१ को भदु्रमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण मादीनदी किनारको सम्पवेल गार्ड हाउस र मुख्य पम्प हाउस गार्ड हाउस निर्माण भइरहेको छ । मिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न गरी फिल्टरको कार्य भइरहेको छ ।’

करिब ७० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक श्रेष्ठले अनुमान गर्नुभयो । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको जानकारी उनले दिए । व्यवस्थापक श्रेष्ठका अनुसार  २६ करोड २५ लाखको आयोजनालाई बोलपत्रमार्फत  १९ करोडमा सम्झौता गरी निर्माण अघि बढाइएको हो । “आयोजनाको निर्माण ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ ।”

images
images

व्यास–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका सचिव राजेश्वर हड्खलेले दिए । उनका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद गर्नुका साथै करिब तीन रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ । उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने उहाँले जानकारी दिए । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुवात गरेको थियो । संस्थाले हालसम्म दुई हजार छ सय ८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी दूरीबाट पानी ल्याएर आपूर्ति हुँदै आएको छ । संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । उनका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाइएको हो ।

मादीनदी लिफ्ट आयोजनाअन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन विच्छ्याइने कार्य सकिएको छ । ‘अहिले निर्माणलाई तीव्रता दिइएकाले यथाशीघ्र सम्पन्न भई नियमित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ’, उनले भने ।  हाल दुई हजार छ सय ८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका संस्थाले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्