Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले ह्वाइट हाउसमा दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्दै

जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले ह्वाइट हाउसमा दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्दै
विज्ञापन
Advertisement

एजेन्सि ।  एक हप्ताअघि मात्र अमेरिकी राष्टङपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई तानाशाह भनेका थिए । शुक्रबार ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्दैछन् र वासिङ्टनलाई युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्ने दुई पक्षको तयारी छ ।

विज्ञापन
Advertisement
Advertisement

किएभले ट्रम्पको रूसतर्फको हालैको झुकावका बावजुद समर्थन सुरक्षित गर्न खोजिरहेका बेला यो असाधारण परिवर्तनले वासिङ्टनमा केन्द्रित एक हप्ताको तीव्र अन्तर्राष्ट्रिय कूटनीतिलाई समेट्छ ।

ट्रम्पले दुई साताअघि किएभ बिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै तीन वर्ष पुरानो युद्ध अन्त्य गर्ने वार्ता सुरु गरेर युक्रेनबारे अमेरिकाको वर्षौंको नीतिलाई उल्टाइदिएका थिए ।

उनले जेलेन्स्कीलाई ‘चुनावविहीन तानाशाह’ भनेर हप्काउँदै सन् २०२२ को फेब्रुअरीमा रुसको आक्रमणका लागि युक्रेनलाई दोषी करार गरेका थिए। तर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरको भ्रमणपछि हालैका दिनहरूमा ट्रम्पको स्वर नरम भएको छ । “म उहाँप्रति धेरै सम्मान गर्दछु”, ट्रम्पले बिहीबार जेलेन्स्कीको बारेमा भने, “हामी साँच्चै राम्रोसँग मिल्नेछौँ ।”

ट्रम्पले गत हप्ता सामाजिक सञ्जालमा जेलेन्स्कीविरुद्ध गरेको ‘तानाशाह’ शब्दको व्यङ्ग्य गरे । तर, उनले पुटिनलाई भने ‘तानाशाह’ मान्न अस्वीकार गरेका थिए। स्टार्मरसँगको बैठकका क्रममा पत्रकारहरूले जेलेन्स्कीबारे गरेको टिप्पणीबारे सोध्दा ट्रम्पले जवाफमा भने, “के मैले त्यस्तो भनेको थिएँ? मलाई विश्वास लाग्दैन मैले त्यस्तो भनेको थिएँ? ।”

विशेष गरी तेल, ग्याँस र दुर्लभ पृथ्वी धातुहरू लगायत युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहिलो पहुँच सुरक्षित गर्न खोजेका ट्रम्पलाई सो सम्झौताको जेलेन्स्कीले प्रारम्भिक चरणमा अस्वीकृति गर्दा उनलाई ट्रम्पले तानाशाहको आक्रोश पोखेका थिए । दुर्लभ खनिज सम्झौताको बदलामा जेलेन्स्कीले अमेरिकी सुरक्षा ग्यारेन्टीको माग गरेपनि ट्रम्पले भने अमेरिकाले कुनै सुरक्षा प्रत्याभूति दिलाउन प्रतिबद्धता जनाएका छैनन् । उनले ठाडो रुपमै युक्रेनलाई सुुरक्षा दिने ग्यारेन्टी अमेरिकाले नगर्ने धारणा राखेका छन् ।

अर्बपति रियल स्टेट व्यवसायी ट्रम्पले युक्रेनलाई सैन्य र अन्य सहायतामा दिएको अर्बौं डलर फिर्ता लिन वासिङ्टनलाई यो सम्झौता आवश्यक रहेको बताउँदै आएका छन् ।

अन्ततः जेलेन्स्की नरम बनेर यसमा हस्ताक्षर गर्न ह्वाइट आज हाउसमा जान सहमत भएका छन् । यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनको धेरै खनिज सम्पत्तिमा हिस्सा दिनेछ । “हामी युक्रेनको स्रोतका लागि उत्खनन गर्नेछौँ”, ट्रम्पले बिहीबार पत्रकारहरूलाई भनेका छन् ।

खनिज सम्झौताका केही विवरण मात्र बाहिर आएका छन् । जेलेन्स्कीले यस हप्ता पत्रकारहरूलाई यसले व्यापक सम्झौताहरूका लागि रूपरेखाका रूपमा काम गर्ने जानकारी दिएका छन् । अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको थप छलफलले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीहरूको प्रकृति र सम्झौतामा सम्बन्धित रकमको सही मात्रा निर्धारण गर्ने उनले बताएका छन् । तर ट्रम्पले कुनै पनि ग्यारेन्टीको प्रतिबद्धता गर्न बारम्बार अस्वीकार गर्दै आएका छन् ।

बेलायत र फ्रान्स दुवैले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताको स्थितिमा शान्ति सैनिकहरू प्रस्ताव गरेका छन् तर अमेरिकी गुप्तचर र सम्भवतः हवाई शक्तिसहित अमेरिकाको ‘ब्याकस्टप’ हुनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले बिहीबार सुरक्षा ग्यारेन्टीको सन्दर्भमा ‘धेरै कुराहरूका लागि खुला’ रहेको तर आफूले पहिले रूस–युक्रेन सम्झौता गर्न चाहेको बताए ।

ट्रम्पले सम्झौताको दिशामा ‘धेरै प्रगति’ भएको संकेत गर्दै भने, “यो या त धेरै चाँडै हुनेछ वा यो बिल्कुलै हुनेछैन ।” अमेरिकी र रूसी अधिकारीहरूले बिहीबार इस्तानबुलमा नयाँ चरणको वार्ता सुरु गरेका छन् ।

पुटिन र ट्रम्पले फेब्रुअरी १२ मा फोनमा कुराकानी गरेपछि आफूहरू व्यक्तिगत रूपमा भेट्न सहमत भएको बताइरहँदा उनिहरुले अहिलेसम्म कुनै पनि बैठकलाई अन्तिम रूप दिएका छैनन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit