Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इयुले भारतसँग रक्षा र सुरक्षा साझेदारीलाई कुटनीतिक रुपमा गहिरो बनाउन चाहेको छ : भोन डेर लेयन

इयुले भारतसँग रक्षा र सुरक्षा साझेदारीलाई कुटनीतिक रुपमा गहिरो बनाउन चाहेको छ :  भोन डेर लेयन
विज्ञापन
Advertisement

एजेन्सि ।  युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुअघि बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

भोन डेर लेयन आफ्नो परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग बिग्रिएको सम्बन्ध बचाउन खोज्दै आफ्ना कमिश्नरहरूको समूहका साथ दुई दिने भ्रमणका लागि बिहीबार भारत पुगेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र र शत्रु दुवैका विरुद्ध धेरै शुल्क लगाउने घोषणा गरेपछि प्रतिनिधिमण्डलले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतसँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउने लक्ष्य राखेको हो । इयुले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबारे साझा चिन्ताहरू, लचिलो आपूर्ति शृङ्खला निर्माण र कृत्रिम बौद्धिकता (एआई) सहित नयाँ प्रविधिहरूको शासनबारे भारतसँग साझा आधार खोज्ने आशा पनि राखेको छ ।

“हामी जापान र दक्षिण कोरियासँगको साझेदारीको ढाँचामा भारतसँग भविष्यको सुरक्षा र रक्षा साझेदारीको अन्वेषण गर्दैछौँ भनेर म घोषणा गर्न सक्छु”, इयु प्रमुखले शुक्रबार भारतीय राजधानीमा सार्वजनिक भाषणमा भनिन्, “यसले हामीलाई साझा खतराहरू विरुद्ध हाम्रो काम बढाउन मद्दत गर्नेछ, चाहे त्यो सीमापार आतङ्कवाद, समुद्री सुरक्षा खतरा, साइबर आक्रमण वा हामीले देख्ने नयाँ घटना होस् वा हाम्रो महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण ।”

इयु भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । इयुले सन् २०२३ मा एक खर्ब २४ अर्ब युरो (एक खर्ब ३० अर्ब डलर) मूल्य बराबरको वस्तुहरूको व्यापार गरेको थियो । ब्रसेल्सका अनुसार यो कूल भारतीय व्यापारको १२ प्रतिशतभन्दा बढी हो । भारतीय बजारले रक्षादेखि कृषि, कार र स्वच्छ ऊर्जासम्मका विभिन्न क्षेत्रहरूका लागि धेरै अवसरहरू प्रदान गर्दछ । तथापि उच्च शुल्कहरूद्वारा संरक्षित हाल इयुको वस्तुहरूको व्यापारको केवल दुई दशमलव दुई प्रतिशत मात्र हो ।

ब्लकले आफ्ना कार, मदिरा, वाइन र अन्य उत्पादनहरूका लागि प्रवेश अवरोधहरू कम गर्ने व्यापार सम्झौताका लागि जोड दिइरहेको छ । यसैबीच, नयाँदिल्लीले स्वच्छ ऊर्जा, सहरी पूर्वाधार र पानी व्यवस्थापन जस्ता क्षेत्रहरूमा उच्च इयु लगानीको आशा गरेको छ ।

मोदीले संयुक्त स्थानीय उद्यम र यसका कुशल व्यवसायीहरूका लागि थप सुव्यवस्थित आप्रवासन नीतिका लागि जोड दिएको बताइएको छ।

“इयु र भारतबीचको स्वतन्त्र व्यापार सम्झौता विश्वमा कहीँ पनि यस प्रकारको सबैभन्दा ठूलो सम्झौता हुनेछ”, भोन डेर लेयनले भनिन्, “यो सजिलो हुने छैन, तर मलाई पनि थाहा छ कि समय र दृढ सङ्कल्प महत्त्वपूर्ण छ। यसैकारण हामीले प्रधानमन्त्री मोदीसँग यो वर्षभित्र यसलाई सम्पन्न गर्न जोड दिन सहमति जनाएका छौँ ।”

दुवै पक्षले युक्रेनमा रुसको युद्धबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । आफ्नो परम्परागत सैन्य हार्डवेयरको आपूर्तिकर्ता एवं ऐतिहासिक रूपमा रुससँग नजिक भारतले युक्रेनको आक्रमणपछि मस्कोबाट टाढा रहन पश्चिमी दबाबको विरोध गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit