Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

ओपनएआईले सार्वजनिक गर्यो च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल

ओपनएआईले सार्वजनिक गर्यो च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल
विज्ञापन
Advertisement

काठमाडौँ । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् । ओपनएआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजिपिटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो । “तपाईंले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजिपिटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ”, कम्पनीले विज्ञप्तिमा भनेको छ ।

प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ओपनएआई शोधकर्ताहरूले कसरी उपकरणले जापानमा हिउँको छुट्टीका लागि स्की उपकरणहरू सिफारिस गर्न मद्दत गर्न वेब खोजी डेटालाई क्रन्च गर्न सक्छ भनेर देखाएका थिए । ओपनएआईका प्रमुख साम अल्टम्यानले ‘प्रो’ च्याटजिपिटी प्रयोगकर्ताहरूले महिनामा एक सय पटक पहुँच गर्न सक्ने गहन अनुसन्धान ‘गणना–गहन र ढिलो भएको बताए । उनले अहिलेको टुलले जटिल भनिएका काम गर्न महत्वपूर्ण सावित हुने प्रणाली विकास गरिएको दाबी गरेका छन् । “तर यस्तो विस्तृत प्रकारका जटिल, मूल्यवान कार्यहरू गर्न सक्ने यो पहिलो एआई प्रणाली हो”, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखेका छन् ।

जापानको टोकियोमा रहेका अल्टम्यानले सोमबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जापानी टेक लगानी दिग्गज सफ्टब्यांक ग्रुपका प्रमुख मासायोशी सनसँग भेट गर्ने बताइएको छ ।अल्टम्यान र सनले सोमबार टोकियोमा करिब पाँच सय जना व्यवसायी सँग एक फोरम आयोजना गरी जापानको एआई पूर्वाधारलाई बढावा दिने योजनाहरू घोषणा गर्ने अपेक्षा गरिएको छ । निक्केई व्यवसाय दैनिकका अनुसार यसमा लगानीको मात्रा निर्दिष्ट नगरी एआई डाटा सेन्टरहरू र तिनीहरूलाई सञ्चालन गर्न पावर प्लान्टहरू निर्माण गर्ने विषय समावेश हुनेछ । सफ्टब्यांक र ओपनएआई संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको स्टारगेट अभियानको हिस्सा हुन् । जापानी प्रधानमन्त्री इशिबा यस हप्ताको अन्त्यमा नेताहरूको पहिलो व्यक्तिगत बैठकका लागि ट्रम्पसँग भेट्न वासिङ्टन जानसक्ने समाचारहरुमा आएका

अल्टम्यानले निक्केईलाई एप्पलका पूर्व प्रमुख डिजाइन अधिकारी जोनी इभसँगको साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर ‘नयाँ प्रकारको हार्डवेयर’ विकास गर्न चाहेको उल्लेख छ । तर निक्केईका अनुसार अल्टम्यानले प्रोटोटाइप सार्वजनिक गर्न केही वर्ष लाग्ने सङ्केत देखाएका छन् । यस्तै, अल्टम्यानले चिनको एआई मोडल डिपसिक ‘एक राम्रो मोडल’ भएपनि त्यसमा एआई तर्क प्रविधिको गम्भीर प्रतिस्पर्धालाई उजागर गर्न सक्ने क्षमताको स्तर नयाँ नभएको तर्क गरेका छन् ।

गत हप्ता ओपनएआईले चिनियाँ कम्पनीहरूले सक्रिय रूपमा यसको उन्नत एआई मोडलहरूको प्रतिलिपि बनाउने प्रयास गरिरहेको र यसले अमेरिकी अधिकारीहरूसँग नजिकको सहकार्यलाई प्रेरित गरेको चेतावनी दिएको थियो । ओपनएआईले अल्टम्यानको अर्को गतिविधिको विवरण सार्वजनिक नगरे पनि मिडिया रिपोर्टहरूले अल्टम्यान मङ्गलबार दक्षिण कोरियाको सियोलमा पुगेर त्यहाँका आईटी समूहका प्रमुख काकाओलाई भेट्ने बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit