काठमाडौं । चिनियाँ मल्टिनेसनल टेक कम्पनी अलिबाबा ग्रुप होल्डिङले अहिले सम्मकै ठूलो लगानी गर्ने घोषणा गरेको छ । होल्डिङले आगामी तीन वर्षमा आफ्नो क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ५२.४ अर्ब अमेरिकी डलर लगानी गर्न लागेको हो ।
अलिबाबाले घोषणा गरेको यो कम्प्युटिङ प्रोजेक्ट चीनमा निजी कम्पनीले गर्न लागेको हालसम्मकै ठूलो लगानी समेत हो ।
यो लगानी अलिबाबाले विगत एक दशकमा एआई पूर्वाधारमा गरेको कुल खर्चभन्दा पनि बढी हो । एक्लै चिनियाँ कम्पनीको यो लगानी अमेरिकामा ओपनएआई, सफ्टबैंक, ओराकल र अमेरिकी सरकारले स्टारगेट परियोजनामा गर्न लागेको १०० अर्ब अमेरिकी डलरको आधा हो । ‘एआई–संचालित परियोजनाले एक अग्रणी विश्वव्यापी क्लाउड प्रदायकको रूपमा यसको भूमिकामा ध्यान केन्द्रित गर्छ’ अलिबाबाले भनेका छन्।
गएको हप्ता एक सम्मेलनमा अलिबाबाका सीईओ एडी वु योङमिङले यो लगानी आउँदा तीन वर्षमा गरिने जानकारी दिएका थिए ।

















प्रतिक्रिया दिनुहोस्