Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

न्यूरोडमा अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालन, बिग्रिएका मोबाइल–ल्यापटप सस्तोमा मर्मत हुने

न्यूरोडमा अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालन, बिग्रिएका मोबाइल–ल्यापटप सस्तोमा मर्मत हुने
विज्ञापन
Advertisement

काठमाडौं। राजधानीको व्यावसायिक केन्द्र न्यूरोडस्थित पाकोमा नेपालमै पहिलोपटक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको अत्याधुनिक ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालनमा आएको यो सेवा केन्द्रले बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड लगायतका डिजिटल उपकरणलाई न्यून लागतमा पुनः प्रयोगयोग्य बनाउने लक्ष्य लिएको छ।

सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, ल्यापटप तथा म्याकबुक मर्मत, चिप–लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, तथा एडोब र अफिस प्याकेज इन्स्टलेसन लगायतका सेवा प्रदान गर्ने जनाएको छ। सोमबार उद्घाटनपछि प्रमुख अतिथि सीटीईभीटीका उपाध्यक्ष तथा नेपाल औषधि लिमिटेडका निवर्तमान महाप्रबन्धक डा. मोहम्मद सफीउल्लाहले यस्तो प्रविधिले उपभोक्तालाई ठूलो आर्थिक राहत पुग्ने बताए।

उनका अनुसार लाखौँ रुपैयाँ पर्ने उपकरण सामान्य खराबीका कारण फाल्नुपर्ने अवस्था अन्त्य गर्दै अब न्यून लागतमै मर्मत सम्भव हुनेछ। उनले भने, ‘नेपालजस्तो विकासोन्मुख र कम आय भएको मुलुकका लागि यस्तो प्रविधि अत्यन्त उपयोगी छ। यसले नागरिकको खर्च बचत मात्र गर्दैन, डिजिटल उपकरणको आयु पनि बढाउँछ। सबैले एकपटक सेवा लिएर यसको गुणस्तर अनुभव गर्न आवश्यक छ।’

त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले नेपालमै पहिलोपटक यस्तो स्तरको रिपेयरिङ प्रविधि भित्रिनु सूचना प्रविधि क्षेत्रमा सकारात्मक उपलब्धि भएको बताए।

सेवा केन्द्रका सञ्चालक गणेश शर्माले अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइज’ भित्र्याएर सेवा सुरु गरिएको जानकारी दिँदै ग्राहकलाई विश्वासिलो र किफायती सेवा दिने प्रतिबद्धता जनाए। ‘हामी बोलेर होइन, काम गरेर विश्वास जित्न चाहन्छौं,’ उनले भने, ‘लामो समयदेखि बिग्रिएर थन्किएका मोबाइल, ल्यापटप वा अन्य डिजिटल उपकरणलाई सस्तो मूल्यमा पुनः सञ्चालनयोग्य बनाएर ग्राहकलाई नयाँ अनुभव दिने हाम्रो उद्देश्य हो।’

दक्ष प्राविधिक टोली, आधुनिक उपकरण र पारदर्शी सेवा प्रणालीसहित सञ्चालनमा आएको यो सेन्टरले काठमाडौं उपत्यकामा डिजिटल मर्मत सेवाको क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit