Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई साउथवेस्टर्न कलेजको प्रर्दशनीले प्रेरणा दिन्छ : मन्त्री सिंह

प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई साउथवेस्टर्न कलेजको प्रर्दशनीले प्रेरणा दिन्छ : मन्त्री सिंह
विज्ञापन
Advertisement

काठमाडौँ । बसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको बिहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनीको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताए ।
राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहको भनाइ छ । ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई यो प्रर्दशनीले प्रेरणा मिल्नेछ ।’

विज्ञान र प्रविधिको विकास विना देशको विकास गर्न नसकिने भएकोले सरकारले अब शिक्षा निती बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्नेमा सिंहको जोड थियो।

विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औँ संस्करण हो ।

कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको बताए । नीजि शैक्षिक संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै भने, ‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन । यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको छ ।’

कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै पनि अविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी गराए । कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका कार्यक्रम गरिएको छ । प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा आयोजको छ ।

प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय एवं कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit