Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

३७ एसपीको पदस्थापन, उपत्यका अपराध अनुसन्धानमा मनोहर भट्ट थपिए

३७ एसपीको पदस्थापन, उपत्यका अपराध अनुसन्धानमा मनोहर भट्ट थपिए
विज्ञापन
Advertisement

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । यही माघ २० गते गृह मन्त्रालय (सचिवस्तर)को निर्णयानुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएकाको सोमबार पदस्थापन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बढुवा भएका एसपीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबारै दर्ज्यानी चिह्न लगाइदिएका थिए । यसैगरी एक नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पदस्थापन गरिएको छ ।दोस्रो नम्बरमा बढुवा भएका सुमित खड्का प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा र तेस्रोमा मनोहर भट्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा यसअघिदेखि एसपी अपिल बोहरा कार्यरत छन् भने अब चन्दलाई समेत त्यहाँ थपिदा परिसरमा दुई एसपी हुने भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि सोमबार भट्टको पदस्थापन गरिएसँगै एसपीको संख्या तीन पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit