Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

निगमको आम्दानीमा उल्लेखनीय सुधार

निगमको आम्दानीमा उल्लेखनीय सुधार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छभने यात्रु सङ्ख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निमगले जनाएको छ ।

जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेको निगमले उल्लेख गरेको छ। निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit