Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

जीवित सम्पदाहरूले नेपाल धनी छ : मन्त्री पाण्डे

जीवित सम्पदाहरूले नेपाल धनी छ : मन्त्री पाण्डे
विज्ञापन
Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उल्लेख गर्दै जीवित सम्पदाहरूले नेपाल धनी रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तक र हुनुमान ढोका स्मारिकाको विमोचन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘हामी जीवित सम्पदाहरूले धनी छौं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्। यसलाई चलायमान् बनाउन आवश्यक छ’ मन्त्री पाण्डेले भने।

पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल, जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए । प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा उनले जोड  दिए । उनले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक रहेको भन्दै प्रशंसा समेत गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit