Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अमलेटमा माछाको काँडा भेटिएको घटनामा कुकलाई पक्राउ गरेको होइन : गृहमन्त्री सचिवालय

अमलेटमा माछाको काँडा भेटिएको घटनामा कुकलाई पक्राउ गरेको होइन : गृहमन्त्री सचिवालय
विज्ञापन
Advertisement

चितवन । गृहमन्त्री सुधन गुरुङको खानामा माछाको काँडा भेटिएपछि दुई ‘कुक’लाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार गृहमन्त्री गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि दुई जना कुक (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको विवरण बाहिर आएको थियो।

तर, गृहमन्त्रीको सचिवालयले जारी गरेको स्पष्टीकरणमा उक्त समाचार तथ्यहीन रहेको जनाएको छ। सचिवालयका अनुसार चितवनको लड्स प्लाजा होटलमा अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको विषयमा सम्बन्धित निकायले सामान्य जानकारी लिने काम मात्र गरेको हो।

‘गृहमन्त्री सुधन गुरुङज्यूले अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गरिएको छ। खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरेको हो र कुनै पनि कर्मचारीलाई पक्राउ गरिएको छैन’ गुरुङको सचिवालयले भनेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit