Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

नेपालले जापानसँगको आपसी हितलाई उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

नेपालले जापानसँगको आपसी हितलाई उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
विज्ञापन
Advertisement

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।​

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरूको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिँदै आएको बताए ।

‘भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौं, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’

उनले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडीएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गरे । उनले भने, ‘नागढुङ्गा सुरुङमार्गको शुरूआतसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको शुरूआत गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।’

जापान नेपालको एक महत्त्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्त्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उनले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit