
काठमाडौँ । बलेफी हाइड्रोपावरले करिब १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६ सय ५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने जनाएको छ ।
कम्पनी गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले कूल चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत (१ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर)अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । अथात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
सो अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौँ, बुटवल, चिप्लेढुंगा पोखरा, वीरगंज र विराटनगरका शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम १० अंकले भाग जाने वा नियामकले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहेर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्