Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण

शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण
विज्ञापन
Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरबाट प्रभावित गरिब तथा विपन्न समुदायका तीन हजार परिवारका चार हजार सात सय जनालाई कम्बलसहित न्यानो कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी शीतलहर प्रभावितलाई कम्बल, ब्लाङकेट, जुत्ता÷चप्पल, मोजालगायत न्यानो कपडा वितरण गरेको जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

प्रजिअ अर्यालले शीतलहरबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई न्यानो कपडालगायतका राहत सामग्री उपलब्ध गराई विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा सक्रिय भूमिका खेल्ने नौ वटा सङ्घसस्थालाई सम्मान गरेको जानकारी दिए ।

कार्यालयले कम्बलसहितका न्यानो कपडामा वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमाललाई कदरपत्रसहित सम्मान गरेको हो । यस्तै, रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्ज, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब अफ वीरगञ्जलाई कदरपत्रसहित सम्मान गरिएको छ । साथै नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र पर्सा, लायन्स क्लब वीरगञ्ज र नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई पनि सम्मान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit