Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

प्रदेशको वन ऐन संशोधन गरिने

प्रदेशको वन ऐन संशोधन गरिने
विज्ञापन
Advertisement

काठमाडौं । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिन्धुलीको कमलामाई रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री सिलवाले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राख्दै त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताए ।

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका छन् । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit