Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भट्टराईले सार्वजनिक गरे आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’

भट्टराईले सार्वजनिक गरे आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले नयाँ गीत ‘उमेर ढल्केको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी समय बिताइसकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रूपमा स्थापित रहेको छ । भट्टराईले आफ्नो सांगीतिक यात्राको सुरूवात २५ बर्ष अघि मेलान्ज ब्याण्ड मार्फत गरेका थिए ।

आज सार्वजनिक भएको नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । ‘उमेर ढल्केको’मा उनले आफ्नो भावनात्मक प्रस्तुतिमार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन् । गीतको भिडियोमा रबीको आवाज संगै कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार स्वयं भट्टराईलगायतका कलाकारको रमाइलो अभिनय छ ।

काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गरे । यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको उनले प्रस्ट पारे । उक्त गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता सकेत रहेका रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन् । उनका सिर्जनाहरू नेपाली लोकशैलीदेखि आधुनिक संगीतसम्म विविध स्वाद समेट्ने खालका छन् । उनका प्रायजसो गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरूमा केन्द्रित हुने गर्छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit