Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु अलपत्र
विज्ञापन
Advertisement

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । दुईतर्फको पहिरोको बीच भागमा चार वटा गाडी फसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताएका छन् ।

सुरक्षाकर्मीको टोलीले पहिरोका बीचमा फसेका यात्रुहरूको उद्धार गरेर सुरक्षित ठाउँमा लगेको उनले बताए । सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर पहिरोमा फसेका गाडी निकाल्न र अवरुद्ध सडक खुलाउन उपकरण परिचालन भएका छन् । पानी परिरहेका र पहिरो खसिरहेकाले गाडी निकाल्ने र अवरुद्ध सडक खुलाउन जोखिम रहेको छ ।

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने–आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit