Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढ्यो

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढ्यो
विज्ञापन
Advertisement

काठमाडाैं । साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । दुई अर्बसम्मको न्युन कारोबार भइरहेको बजारमा यो साताको पहिलो दिनमै कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दा लगानीकर्ता उत्साहित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो साता करेक्सन लिएको बजारले यो साता बजार बढ्ने दिशा लिएको देखिन्छ । यसै साता सरकारले आगामी आर्थिक वर्ष २०८३- ०८४ को बजेट ल्याउने तयारी गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउनेगरी बजेट ल्याउने अर्थमन्त्रीले विभिन्न फोरमहरुमा बताउँदै आएका छन् ।

यो दिन १ करोड ४५ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी,रिडीपावर कम्पनी, अपी पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनीको १४ करोड ६१ लाख रुपैयाँदेखि ६० करोड २० लाख रुपैयाँसम्मको कारोबार भएको छ।

बढेको बजारमा थ्रीस्टार हाइड्रोपावर,सुपरखुदी हाइड्रो पावर,अपर हेवाखोला जलविद्युत कम्पनी, मायाखोला जलविद्युत कम्पनी, रिजलाईन इनर्जीको शेयर मूल्य ५.१९ प्रतिशतदेखि ९.९१ प्रतिशतसम्मले बढेको छ। त्यस्तै उच्च अंकले बढेको बजारमा बुनगल हाइड्रो लिमिटेड,गे्रस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआईबीएल ग्रोथ फण्ड, नेपाल बैंक ऋणपत्र र सिद्धार्थ इक्विटी फण्डको २.९८ प्रतिशतदेखि १०.३२ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आउने १३ वटा उपसमूहको सूचकमध्ये म्युचूल फण्ड बाहेक सबै उपसमूहको सूचकमा हरियाली बनेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit