Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

राष्ट्र बैंकले फेरी ४० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले फेरी ४० अर्ब तरलता खिच्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब तरलता आजै खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत पैसा लिन लागेको हो ।आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २५ फागुनमा भुक्तानी गर्ने बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बैंकहरुले बोलकबोल प्रकृयामा भाग लिन सक्नेछन् ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit