Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्पोरेट समाचारमा अर्को हाम्रो नयाँ प्रयास

कर्पोरेट समाचारमा अर्को हाम्रो नयाँ प्रयास
विज्ञापन
Advertisement

काठमाडाैँ । एस.एन. कर्पोरेट समाचार प्रा.लिद्धारा संचालित कर्पोरेट समाचार डट.कम आजबाट औपाचारिक रुपमा संचालनमा ल्याएका छौं। नेपालमा व्यवसायिक तथा कर्पोरेट पत्रकारिता क्रमशः विकसित हुँदै गए पनि अझै यस क्षेत्रको विश्वसनीयता, गहन विश्लेषण र तथ्यपरक समाचारको अभाव महसुस भइरहेको थियो। यही अभावलाई पूर्ति गर्ने लक्ष्यसहित ‘कर्पोरेट समाचार डट.कम’ को आजदेखि शुभारम्भ भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

व्यवसाय मात्र नभई अर्थतन्त्रको समग्र स्वास्थ्यलाई प्रतिबिम्बित गर्ने कर्पोरेट क्षेत्रको समाचारहरू यथार्थपरक, गहकिलो र प्रभावकारी हुन आवश्यक छ। कर्पोरेट सञ्चारमा स्पष्टता, जवाफदेहिता र निष्पक्षताको अभावले गर्दा कहिलेकाहीँ गलत बुझाइहरू पनि सिर्जना भएका छन्। डिजिटल माध्यमको तीव्र विकाससँगै, नेपालमा एक यस्तो प्लेटफर्मको आवश्यकता थियो, जसले केवल समाचार प्रस्तुत मात्र नगरी, सूक्ष्म विश्लेषणसहित पाठकहरूलाई गहन जानकारी पनि प्रदान गर्न सकोस् भन्ने हाम्रो अपेक्षा छ । ‘कर्पोरेट समाचार डट.कम’ को प्रमुख उद्देश्य भनेको व्यवसायिक वातावरणको यथार्थ चित्रण गर्नु, उद्यमशीलता प्रवद्र्धन गर्नु, नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु र आर्थिक सुधारका लागि सार्थक संवादको शुरुवात गर्नु हो। वित्त, बैंकिङ, उद्योग, प्रविधि, स्टार्टअप, बजार विश्लेषण, नीति तथा कानुनी व्यवस्था जस्ता विषयवस्तुहरूमा गहिरो अनुसन्धानसहितका सामग्री प्रस्तुत गर्नु हाम्रो मुख्य जिम्मेवारी हुनेछ ।

नेपालको अर्थतन्त्र रूपान्तरणको चरणमा रहेको छ। उद्यमशीलता र प्रविधिको उच्च प्रयोगले व्यवसायको परिभाषा नै परिवर्तन गरिरहेको छ। यस्तो अवस्थामा, ‘कर्पोरेट समाचार डट।कम’ ले नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, अनुसन्धानकर्ता र आम पाठकका लागि भरपर्दो समाचार तथा विचारको स्रोत बन्नेछ ।

हामी निष्पक्षता, सत्यता र व्यवसायिक मर्यादामा दृढ रहन्छौं। कर्पोरेट पत्रकारिताको यो नयाँ युगलाई थप प्रभावकारी बनाउन हामी पाठक, विज्ञ, व्यवसायी, नीति निर्माता र सम्पूर्ण सरोकारवालाहरूको सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं।

‘कर्पोरेट समाचार डट.कम’ केवल एउटा समाचार प्लेटफर्म मात्र नभई, कर्पोरेट क्षेत्रको समृद्ध भविष्य निर्माणमा एउटा महत्वपूर्ण माध्यम बन्ने विश्वासका साथ, यस यात्राको सफलताको कामना गर्दै, हामी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit