Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विवाहित महिलाको लागि सौन्दर्य प्रतियोगिता: अवसर र चुनौती

विवाहित महिलाको लागि सौन्दर्य प्रतियोगिता: अवसर र चुनौती
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा सौन्दर्य प्रतियोगिताहरू बाक्लै रुपमा हुने गरेका छन् । विशेषगरी मिसेज नेपाल वल्र्ड जस्ता प्रतिष्ठित प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने र समाजमा सकारात्मक प्रभाव पार्ने उत्कृष्ट अवसर प्रदान गरेको सहभागीहरुको अनुभव छ । यस्ता प्रतियोगिताहरू महिलाहरूको लागि केवल सौन्दर्य प्रर्दशन गर्ने मञ्च मात्र नभएर व्यक्तित्व विकास, नेतृत्वदक्षता, र सामाजिक उत्तरदायित्व बहन गर्ने अवसर समेत भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सौन्दर्य प्रतियोगिताको प्रभाव

नेपालमा सौन्दर्य प्रतियोगिता पहिले मुख्यतः अविवाहित युवतीहरू केन्द्रित थिए, तर अहिले विवाहित महिलाहरूका लागि पनि यस्ता मञ्चहरू खुल्ने क्रम बढ्दै गएको पान्छ। यसले विवाहपछि पनि महिलाहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्न, नयाँ अवसरहरू सिर्जना गर्न र समाजमा सकारात्मक सन्देश दिने गरी महिलालाई जागृत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने अथ्र्याउन सकिन्छ ।

यस्ता प्रतियोगिताले महिलाहरूलाई व्यक्तित्व विकास, सार्वजनिक रूपमा बोल्ने कला, नेतृत्व क्षमता, समाजसेवा, र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छ। प्रतियोगिताहरूमा भाग लिने महिलाहरूको आफ्नो व्यक्तिगत जीवनमा सुधार आउनुका साथै समाजका लागि पनि प्रेरणादायी बन्न सक्छन्।

चुनौती र सुधारको आवश्यकता

सबै सौन्दर्य प्रतियोगिताहरू समान उद्देश्यका लागि सञ्चालन भएका छैनन्। केही प्रतियोगिताहरू केवल व्यापारिक फाइदा लिन केन्द्रित देखिन्छन्, जसले वास्तविक प्रतियोगिताको ओझलाई घटाउनुका साथै सशक्तीकरणको अवसरलाई समेत ओझेलमा पारेको केही उदाहरणहरु छन्। त्यसैले, यस्ता प्रतियोगिताहरू व्यवसायभन्दा माथि उठेर सही उद्देश्य र पारदर्शिताका साथ आयोजना हुन आवश्यक छ।

सही प्रशिक्षण, सही मूल्यांकन प्रक्रिया, र प्रतिस्पर्धीलाई पछि पनि सशक्त बनाउन सक्ने कार्यक्रमहरू समावेश गर्न सकेमा, यस्ता प्रतियोगिताहरूको मूल्य अझ बढ्नेछ। सौन्दर्य मात्र होइन, बौद्धिकता, सामाजिक योगदान, र नेतृत्वदक्षता पनि प्रतियोगितामा मूल्यांकनको महत्वपूर्ण पक्ष हुनुपर्छ।

सौन्दर्य प्रतियोगिताहरूले, विशेषगरी सशक्तीकरण, आत्मनिर्भरता र अवसर सिर्जना गर्ने उद्देश्य बोकेको खण्डमा नेपालका विवाहित महिलाहरूलाई नयाँ अवसर दिने मात्र होइन, उनीहरूलाई समाजमा नेतृत्वदायी भूमिका खेल्ने प्रेरणा पनि प्रदान गर्छ।

सौन्दर्य प्रतियोगिता केवल मनोरञ्जनको साधन मात्र बन्नु हुँदैन । बरु प्रतियोगीलाई सामाजिक मूल्य मान्यताबाट माथि उठ्न र भविष्यमा समाज परिवर्तनका लागि सक्षम बनाउने मञ्च बन्न सक्नुपर्छ तब मात्र सौन्दर्य प्रतियोगिताहरूले महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छन् ।

यदि सही उद्देश्य र पारदर्शिता अपनाइयो भने नेपालमा सौन्दर्य प्रतियोगितामा आकर्षण बढ्नु सकारात्मक पक्ष हो । महिलाहरूलाई नयाँ अवसर दिने, आत्मनिर्भर बनाउने र समाजमा उनीहरूको भूमिका बलियो बनाउने उद्देश्यले सञ्चालन गरिएका प्रतियोगिताहरूमा हाम्रो समर्थन छ। तर, प्रतियोगिताको नाउँमा हुने व्यापार र हिंसा अमान्य छ । सौन्दर्य प्रतियोगिता विवाहित महिलाहरूको वास्तविक प्रतिभा उजागर गर्ने, उनीहरूलाई नयाँ अवसर दिने र भविष्यमा समाज र देशको परिवर्तनमा साथ दिन सक्ने गरी सक्षम बनाउने माध्यम बन्नुपर्छ।

( विचार–शंकर शर्मा )

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit